मंसिर २१,२०८२ / ०७ : ४६ अपरान्ह / 2025-12-07 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - नेकपाको बैठकदेखी प्रेस किन्न पासपोर्ट छपाइ रद्दसम्म

      - ५ वर्ष अगाडि
      फागुन ११,२०७६

      काठमाडौं, राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले शनिबार बसेको नेकपा सचिवालयको बैठक र त्यसका निर्णयहरुलाई प्राथमिकताका साथ छापेका छन् ।

      बैठकले एमसीसी संसोधन गरेर पारित गर्ने निष्कर्ष निकालेको छ भने वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद् बनाउने सहमति जुटाएको छ ।

      आजको नयाँ पत्रिकाले प्रेस किन्न पासपोर्ट छपाइ रद्द शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा लेखिएको छ– नेपाल सरकारले पनि आगामी वर्ष अर्थात् सन् २०२१ देखि इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । त्यसैका लागि ५० लाख पासपोर्ट छाप्न खोलिएको टेन्डर गत कात्तिकमा अचानक रोकियो । कारण ? सेक्युरिटी प्रेसको खरिद अत्यावश्यक छ भन्ने देखाउन पासपोर्ट छाप्ने प्रक्रिया रद्द गरिएको थियो ।

      आजको कान्तिपुर दैनिकले बाँस्कोटामाथि छानबिनबारे मतभेद शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच छानविन गर्ने नगर्ने विषयमा मतभेद देखिएको समाचारमा उल्लेख छ । प्रचण्ड बाँस्कोटामाथि प्रश्न उठेकाले पार्टीमा पनि छलफल हुनुपर्ने र छानविन गरिनु पर्ने पक्षमा छन् भने ओली राजीनामा गरिसकेकाले छानविन गर्न आवाश्यक नरहेको बताउँदै आएका छन् ।

      यस्तै दक्षिण कोरियामा बढेको कोरोना भाइरसको त्रासलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । कोरियाको थिगु सहरमा मात्रै २ सय २९ जना संक्रमित भएका छन् । जहाँ ७ हजार नेपाली रहेको समाचारमा उल्लेख छ ।

      आजको अन्नपूर्ण पोस्ट्ले एमसीसी संसोधनमा ओली तयार शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले एमसीसी संसोधनका पक्षमा नेताहरु शीार्षमा खबर लेखेको छ ।

        सम्बन्धित समाचारहरु