वैशाख ५,२०८३ / ०७ : ५३ अपरान्ह / 2026-04-18 07:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - अकाशिएको मूल्यवृद्धि देखी सम्पत्ति शुद्धिकरणको पत्रले व्यवसायी आतंकितसम्म

      - ६ वर्ष अगाडि
      फागुन ५,२०७६

      काठमाडौं, राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।

      अकाशिएको मूल्यवृद्धि, आर्थिकवृद्धिदर साढे ४ प्रतिशतमा सिमित भएको, वुहानबाट फर्किएका नेपालीलाई भेट्न परिवारमा देखिएको आतुरी, सम्पत्ति शुद्धिकरणको पत्रले व्यवसायी आतंकित बनेको लगायतका विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

      आजको नागरिक दैनिकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीसँग आर्थिक कारोबारको विवरण माग्दा व्यवसायी आतंकित बनेको विषयलाई मुख्य समाचार बनाएको छ। उसले लेखेको छ– विभागले केही उद्योगी–व्यवसायीलाई पठाएको पत्रमा उनीहरूका कम्पनीले हालसम्म चुक्ता गरेको करको विवरण, कर कार्यालयमा पेस गरेको वासलात, नाफा–नोक्सासहित सबै आर्थिक विवरण उपलब्ध गराउन भनिएको छ। अर्थ मन्त्रालय अन्तर्गत रहेको विभागलाई गत वर्षदेखि प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ।

      आजको नयाँ पत्रिकाले सरकारको लक्ष्य साढे ८ प्रतिशत आर्थिक वृद्धिदर साढे ४ प्रतिशत मात्रै शीर्षकमा मुख्य समाचार छापेको छ । उसले लेखेको छ– प्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको घोषणा गरे पनि आर्थिक वृद्धिदरलगायत महत्वपूर्ण सूचकांक नकारात्मक भेटिएका छन् । केन्द्रीय तथ्यांक विभागले गरेको गणनाअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि साढे ४ प्रतिशतमा सीमित छ । जब कि सरकारले यस वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

      आजको कान्तिपुर दैनिकले मूल्यवृद्धि ४८ प्रतिशतसम्म शीर्षकमा मुख्य समाचार छापेको छ । अघिल्लो वर्ष पुसमा ८.३१ प्रतिशत घटेको तरकारीदेखि गेडागुडीसम्मको मूल्यवृद्धि दर यो आर्थिक वर्षको ६ महिनामा यति धेरै अकासिएको समाचारमा उल्लेख छ । यस्तै कान्तिपुरले सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल–भारत–बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

      आजको अन्नपूर्ण पोस्ट्ले भने खरिबोटले भुलायो वुहानको पीडा शीर्षकमा मुख्य समाचार छापेको छ । यसै खबरसँग जोडेर उसले मुहार हेर्न अभिभावक आतुर शीर्षकमा पनि खबर लेखेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d