वैशाख ५,२०८३ / ०७ : ५९ अपरान्ह / 2026-04-18 07:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - ललितानिवास प्रकरण, १७५ जना विरुद्द मुद्दा , २० अर्ब बिगो दाबी

      - ६ वर्ष अगाडि
      माघ २३,२०७६

      काठमाडौं, बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध दायर गरेको मुद्दालाई आजका पत्रपत्रिकाहरुले मुख्य न्यूज बनाएका छन् ।

      यो दशककै सबैैभन्दा ठूलो भ्रष्टाचार मुद्दाका रुपमा चित्रित गर्दै आजका अखबारहरुले बालुवाटार जग्गा काण्डमा को कोविरुद्ध मुद्दा चल्योदेखि को कोमाथि किन मुद्दा चलेन भन्ने सम्मका विषयमा खबर छापेका छन् ।

      यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले १ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा खबर छापेको छ । भ्रष्टाचार आरोपमा ११० र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले १७५ जनासँग गरेर २० अर्ब रुपैयाँको बिगो दाबी गरेको समाचारमा उल्लेख छ ।

      यस्तै आजको नागरिक दैनिकले दशककै हाइप्रोफाइल भ्रष्टाचार काण्डः पूर्व उपप्रधानमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले गच्छदारविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको र कांग्रेस असन्तुष्ट बनेको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।

      अन्नपूर्ण पोस्ट्ले ललिता निवास अतिक्रमण प्रकरणः १७५ विरुद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा खबर लेखेको छ । यो विषयसँगै जोडेर कान्तिपुरले कांग्रेस उपसभापतिसमेत रहेका विजयकुमार गच्छदारको राजनीतिक यात्रामा धक्का लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

      यो विषय बाहेक आजको अन्नपूर्ण पोस्ट्ले भने कोरोना भाइरसको सन्त्राससँगै सरकारले चिनियाँ पर्यटकको विकल्प खोज्न सुरु गरेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d