जेष्ठ १७,२०८३ / ०५ : ४१ अपरान्ह / 2026-05-31 05:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - एमसिसी बहस देखी कोरोना भाइरस

      - ६ वर्ष अगाडि
      माघ २१,२०७६

      काठमाण्डौबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिकहरुले विविध विषयलाई मुख्य समाचार बनाएका छन् ।

      कसैले एमसीसीकाे बहसलाई मुख्य समाचार बनाएका छन् भने कसैले कोरोना भाइरसको त्रासपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीलाई निगरानीमा राखिने विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

      आजको कान्तिपुर दैनिकले नोवल कोरोना संक्रमणको त्रासपछि चीनबाट नेपाल ल्याउन लागिएका नेपाली विद्यार्थीलाई कम्तिमा १४ दिन निगरानीमा राख्न लागिएको विषयलाई मुख्य समाचार बनाएको छ । चीनबाट नेपाल ल्याउन लागिएका १८० विद्यार्थीका लागि आज बेलुकासम्ममा क्वारेन्टाइन स्थल निर्धारण गर्ने सरकारको तयारी छ ।

      अन्नपूर्ण पोस्ट्ले एमसीसी संशोधन गरिने शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालसँग छोटो कुराकानी सहितको समाचार उसले छापेको छ ।

      आजको नागरिक दैनिकले नेकपाको केन्द्रमा गौतम शीर्षकमा मुख्य समाचार छापेको छ । संगठन विभागलाई नेतृत्व गर्दै आएका वामदेव गौतम पार्टी उपाध्यक्षको जिम्मेवारी पनि पाएपछि थप शक्तिशाली भएको समाचारमा उल्लेख छ ।

      आजको नयाँ पत्रिकाले भने हायात होटलका सञ्चालकले गरेको बदमासिलाई मुख्य समाचार बनाएको छ । हायात होटेलमा राज्यको ३०४ रोपनी जग्गाः तर सरकारको सेयर ३९.७७ बाट झारेर जम्मा ९.०१ प्रतिशतमा सीमित, खुलासा भएको एक वर्षसम्म सरकार मौन शीर्षकमा उसले खबर छापेको छ ।

        सम्बन्धित समाचारहरु