जेष्ठ १७,२०८३ / ०५ : ४२ अपरान्ह / 2026-05-31 05:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - नेकपाको केन्द्रिय बैठकदेखी कोरोना भाईरस

      - ६ वर्ष अगाडि
      माघ २०,२०७६

      आज प्रकाशित भएका दैनिक पत्रपत्रिकाले सत्तारुढ दल नेकपाको केन्द्रिय समितीको बिषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन । 

      आजको अन्नपूर्ण पोस्ट्ले नेकपाले पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्ने भनि गरेको निर्णयलाई मुख्य समाचार बनाएको छ । नेकपाले नेताका सम्पत्ति खोज्ने शीर्षकमा खबर लेखेको उसले सम्पत्ति छानबिनका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको समाचारमा उल्लेख गरेको छ ।

      यस्तै आजको कान्तिपुर दैनिकले विमति राख्ने खनालकै काँधमा एमसीसी शीर्षकमा मुख्य समाचार छापेको छ । आइतबार पार्टी वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेता भीम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य रहने गरि नेकपाले एक अध्ययन कार्यदल बनाएको छ । एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेतासमेत रहेका सचिवालय सदस्य खनाल कार्यदलका संयोजक छन् ।

      आजको नागरिक दैनिकले पनि एमसीसी सम्झौता संकटमा, नेकपाले बनायो अध्ययन कार्यदल शीर्षकमा मुख्य समाचार छापेको छ । 

      आजको नयाँ पत्रिकाले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु शीर्षकमा मुख्य समाचार छापेको छ । निर्वाचन खर्चिलो भएको केन्द्रीय सदस्यहरूको गुनासो बढेसँगै देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने राजनीतिक प्रणालीको बहस नेकपाले ब्युँताएको हो । जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको नयाँ पत्रिकाले लेखेको छ ।

      नेकपाको केन्द्रीय कमिटिको बैठकमा उठेका एजेन्डा बाहेक आजका पत्रपत्रिकाले कोरोना भाइरसको जोखिम बढेपछि चीनबाट १८० नेपाली विद्यार्थी नेपाल ल्याउन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् ।

      सुनसरी र सर्लाहीमा भएको सवारी दुर्घटनाको विषयलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ छापेका छन् ।

        सम्बन्धित समाचारहरु