वैशाख ७,२०८१ / ०२ : २८ अपरान्ह / 2024-04-19 02:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोना अपडेट : नेपालमा ३५ वर्षीय पुरुषको मृत्यु ६ पुग्यो मृत्यु हुनेको संख्या

      - ३ वर्ष अगाडि
      जेष्ठ १६,२०७७

      काठमाडौं, कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

      अर्घाखाँचीका भारतबाट आएका ३५ वर्षीय पुरुषको मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।  

      उनको बिहीबार राती निधनभएको थियो । मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसअघि नेपालमा पाँच जनाको मृत्यु भइसकेको छ । 

      यस्तै नेपालमा कोरोना भाइरसको संक्रमण तिव्रगतिमा बढिरहेको छ शुक्रबार मात्रै थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । 

      योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

        सम्बन्धित समाचारहरु