जेष्ठ १९,२०८३ / ०१ : ३७ पूर्वान्ह / 2026-06-02 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा थप २० जनामा कोरोना, कुल संक्रमितको संख्या ५०७ (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      जेष्ठ ९,२०७७

      काठमाडौं, शुक्रबार दिउँसो फेरि थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

      स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नयाँ संक्रमित कैलालीमा ३, डडेल्धुरामा १, बैतडीमा १, मोरङमा १ र बाँकेमा १३ जना छन् । हालसम्म कुल संक्रमितमध्ये ४३३ जना पुरुष र ७४ जना महिला रहेका जानकारी दिए ।

      डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीमा पनि तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

      बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका देवकोटाले बताए। उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका बताइएको छ । मोरङका एक जनामा पनि संक्रमण देखिएको छ ।

        सम्बन्धित समाचारहरु