काठमाडौँ, कोरोना संक्रमितको संख्यामा थप वृद्धि भएको छ । शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान थप नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाध चितवनका ७४ वर्षीय पुरुष, ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ का १८, ३३, ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष, ८ वर्षीया बालिका पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज नै सर्लाहीको गौडदत नगरपालिका-८, ९, ११, १३ र १४ र रामनगर बहुअर्बा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया किशोरीमा पनि कोरोना पोजिटिभ देखिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।









