काठमाडौँ, आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन् । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९५ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको छ । यीमध्ये ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।









