कार्तिक ३०,२०७६ / ०३ : ३४ पूर्वान्ह / 2019-11-16 03:34 am

        छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

        - एक हप्ता अगाडि
        कार्तिक १५,२०७६

        काठमाडौं, छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ ।

        दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन् । पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने यस वर्षको छठ पर्व बिहीबार ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो । 

        भोलि (शनिबार) छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ ।

          सम्बन्धित समाचारहरु