मंसिर ४,२०७६ / ०६ : १९ पूर्वान्ह / 2019-11-20 06:19 am

        आज काग तिहार मिठो खाना दिएर पुजा गरीदै, धनतेरस पनि आजै

        - ३ हप्ता अगाडि
        कार्तिक ९,२०७६

        काठमाडौ, कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ ।

        आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ । 

        कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

        आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । यसपटक भने भोलि एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको छ ।  चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । 

        चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक भन्ने गरिएको हो । 

          सम्बन्धित समाचारहरु