मंसिर ४,२०७६ / ०६ : २२ पूर्वान्ह / 2019-11-20 06:22 am

        यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु, धनतेरस र कागतिहार भोली

        - ३ हप्ता अगाडि
        कार्तिक ८,२०७६

        काठमाडौ, कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार आजरदेखि सुरु हुँदैछ । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ 

          यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि भोली नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उहाँले बताउनुभयो । 

        यमदीपदान परिवारका सदस्य सङख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उहाँले बताउनुभयो । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन छ । एघार गते बिहान पौने १० बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । 

          सम्बन्धित समाचारहरु