मंसिर ४,२०७६ / ०६ : २१ पूर्वान्ह / 2019-11-20 06:21 am

        तिहारका लागि प्रयोग गरीने मिठाइ मानवस्वास्थ्यका लागि कति हानिकारक छ ?

        - ३ हप्ता अगाडि
        कार्तिक ७,२०७६

        काठमाडौ, तिहार लागेसँगै उपत्यकाका अधिकांश मिठाई पसलहरूमा भीड लाग्न थालेको छ । विशेषगरी मिठाईको व्यापार अन्य समयकोे तुलनामा तिहारमा बढी हुन्छ । दीपावालीमा पूजाका लागि मात्र नभई उपहारस्वरूप मिठाई वितरण गर्ने चलन छ । 

        पूजामा चढाउन होस् या खान वा पाहुनालाई दिन मिठाई सजिलो र मिठो हुने हुदा यही परिकार प्रयोग गर्ने र किन्ने गर्दछन् । जसले गर्दा  मिठाइ पसलहरुमा मिठाई बनाउने र प्याकिङ गर्नको लागि अहिले भ्याईन भ्याइ छ । बजारमा पाईने मिठाई लामो समयसम्म नविग्रियोस  भनेर तथा आकर्षक बनाउन अखाद्य केमिकल समेत प्रयोग गरिएको हुन्छ । त्यस्तो पदार्थ मानव स्वास्थको लागी हानी पु¥र्याउने खालका हुन्छन् ।

        पसलमा पाईने मिठाई  घरघरमै समेत बनाउन सकिन्छ । आफैले घरमै बनाएको मिठाई ताजा, मिसावट नुहुने अखाद्य पदार्थ प्रयोग नगरिने भएकाले स्वास्थकर हुने उपभोक्ताहरु बताउछन् । परिवारको स्वास्थ्यको लागि पनि बाहिरको मिठाई खरिद गर्नुभन्दा आफैले बनाउनु राम्रो हुने बानेश्वरमा बस्दै आएकी मिना अधिकारीको अनुभव छ । 

        स्वास्थमा संझौता नगर्नेहरु घरमै मिठाइका परिकार बनाउन मन पराउछन । तर कतिपय मानिसहरु समय अभावका कारण र सजिलोका लागी बजारकै मिठाईको भर पर्नूपर्ने बाध्यत छ । 

        विषेशत तिहार लगायत मुख्य चाड पर्वलाई लक्षित गरि मिठाइका विभिन्न परिकारहरु बन्ने गर्दछ । यसरी बन्ने परिकारमा मानव स्वास्थ्यको लागि हानिकारक हुने तत्व मिसावट हुदै आएको छ । सरकारले अनुगमन गर्ने गरेपनि देखावटीको लागि मात्रै काम गरेजस्तो गरेको आरोप लाग्ने गरेको छ ।

         उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीहरु भने आफुहरु गम्भिर भएपनि सरकारले चासो नदेखाएको बताउछन् । मिठाईको बढी प्रयोग गर्ने उपभोक्तानै यसमा हालिने अखाद्य रङबारे धेरै उपभोक्ता सचेत छैनन् । खुलेआम अखाद्य तथा लेबल नभएका सामग्री भित्रिएका छन् तर सरकार तथा सरोकारवाला निकाय मुकदर्शक भएर छन् । 

          सम्बन्धित समाचारहरु