कार्तिक २८,२०७६ / १० : ४३ पूर्वान्ह / 2019-11-14 10:43 am

        ४५ वर्ष देखि ३ पटक सम्म शिलन्यास गर्दा पनि बनेन सगरमाथा विमान स्थल

        - २ हप्ता अगाडि
        असोज १२,२०७६

        उदयपुर, उदयपुरको सगरमुकाम गाईघाटमा सगरमाथा विमानस्थल बन्छ भनेर भाषण गरिएको ४५ वर्ष पुग्यो । तर, त्यो भाषणले सार्थकता नपाएपछि यहाँका स्थानीय भने नेताहरुप्रति आक्रोसित देखिन्छन् । राजनीतिक खिचातानीका कारण विमानस्थल बन्न नसकेको हो । सगरमाथा विमान स्थल बनाउने नाममा ४५ वर्ष देखी उदयपुका नेताहरुले राजनीति त गरिरेहका छन् । तर, अझै पनि विमान स्थल बन्ने भने कुनै सुरसार छैन । ठूला आयोजनाका बन्ने नाममा राजनीति गर्न थालेको भन्दै स्थानीय भने जनप्रतिनीधिहरु प्रति आक्रोसित खछन् । 

        यो विचमा त्रियुगा नगरपालिका वडानं ३, त्रियुगा नगरपालिका १० र त्रियुगा नगरपालिका २ जोगिदहमा तिन पटक सम्म शिलन्यास गरी सगरमाथा विमान स्थाल निर्माण क्षेत्रको बोर्ड भने राखिएको छ । 

        हाल विमान स्थल बनाउन लागिएको क्षेत्रमा कंग र मोथिया  सामुदायिक वन उपभोक्ता समुहको १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमा पर्दछ । जहाँबाट इआइए प्रतिवेदनका अनुसार ३५ हजार ५ सय १४ रुख काट्नु पर्ने भएपछि विवाद भयो । त्यही विवादको मौका पारेर राजनीतिक खिचातानी गरेको गुनासो सगरमाथा विमान स्थल प्रारम्भिक समितिले जनाएको छ । 

        प्रारम्भिक सर्वे डिजाईनमा १७ सय ५० मिटर लम्बाइ, ३० मिटर चौडाई रहेको धावनमार्ग, ७२ मिटर लम्बाई १८ मिटर चौडाई रहेको ट्याक्सी वे ४ सय ४३ मिटर लम्बाई र १८ मिटर चौडाई रहेको टयक्सी वे.वि. रहने गरी डिजाईनको प्रस्ताव गरिएको थियो । त्यही बनाउने गरी काम अघि बढेको जिल्ला समन्वय समिति उदयपुरले जनाएको छ ।

        ०३१ सालदेखि निर्माण गर्ने भनिएको विमानस्थल ०७६ वित्न लाग्दापनि बिमानस्थल नबन्नु भनेको राजनीतिक दल र विमानस्थल समितिका पदाधिकारीको इच्छाशक्तिमा कमजोरी नै हो । यसमा स्थानीय तह, प्रदेश र संघीय सरकारले चासो दिनै पर्ने देखिन्छ ।

          सम्बन्धित समाचारहरु