वैशाख १७,२०८३ / ११ : २० पूर्वान्ह / 2026-04-30 11:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      कहाँ लुके सुन तस्कर गोरे र एसएसपी खत्री

      - ७ वर्ष अगाडि
      वैशाख २५,२०७५

      काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारी सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका २९ जनाको बयान मंगलबार सकिएको मोरङ प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। गत बुधबारबाट २९ जनालाई मोरङ प्रहरीको न्यायिक हिरासतमा राखेर बयान लिने काम भएको थियो। गत बुधबार ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुनको अवैध कारोबार गरेको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि पक्राउ परेका अभियुक्तको बयान लिने काम सुरु भएको थियो। तस्करीका मुख्य नाइके चूडामणि उप्रेती 'गोरे', एसएसपी श्याम खत्रीसहित ३४ जना भने अझै प्रहरीको फरार सूचीमा छन्। बयान दिनेमा पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकाश खनाल, डिएसपी प्रजित केसीलगायत २९ अभियुक्त रहेका छन्।

       कहाँ लुके तस्कर गोरे र एसएसपी खत्री

      साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरी खोजे पनि अझैसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। यस्तो नोटिस जारीपछि अभियुक्तलाई अन्तर्राष्ट्रिय रूपमै मोस्ट वान्टेड सूचीमा राखी १ सय ९२ मुलुकका प्रहरीले खोजी गर्ने कानुन छ। प्रहरी स्रोतका अनुसार शनमको हत्यालगत्तै गोरे नेपाल-भारत सीमा हुँदै भारत गएको र अहिले दुबई पुगेको अनुमान छ। एसएसपी श्याम खत्रीसमेत नेपाल नरहेको निष्कर्षमा प्रहरी पुगेको छ। एक प्रहरी उच्च अधिकृतका अनुसार खत्रीसमेत दुबई पुगेको अनुमान गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिआइजी मनोज नेउपाने भने घटना अनुसन्धानकै क्रममा रहेकोले केही बोल्न नमिल्ने बताए।

        सम्बन्धित समाचारहरु