वैशाख १७,२०८३ / ११ : २१ पूर्वान्ह / 2026-04-30 11:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्री थापाको उद्घोष

      - ७ वर्ष अगाडि
      वैशाख २३,२०७५

      काठमाडौँ,  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
      गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सबै एकाधिकार तोडेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
      उहाँले भन्नुभयो, “केहीलाई कारबाही प्रक्रियाबाट हामी पछाडि हट्छौँ की भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनाँै र फर्कन छुट पनि छैन ।” 
      छलफलमा मञ्चका पदाधिकारीले ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शिक्षा, स्वास्थ्य, बैंकलगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए । 
      भेटमा मञ्चका पदाधिकारीले एकाधिकार अन्त्यका लागि आफूहरुले २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्री थापालाई बधाई दिएका थिए ।


        सम्बन्धित समाचारहरु