वैशाख १७,२०८३ / ११ : २१ पूर्वान्ह / 2026-04-30 11:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु

      - ७ वर्ष अगाडि
      वैशाख २२,२०७५
      गुलरिया , बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ ।

      धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।

      दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

      जिप दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

      इलाका प्रहरी कार्यकाल बाँसगढीका अनुसार पछाडिको पांग्रा फुस्किएर जिप दुर्घटनामा परेको थियो ।

        सम्बन्धित समाचारहरु