वैशाख १७,२०८३ / ११ : २१ पूर्वान्ह / 2026-04-30 11:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारको कडा चेतावनी पछि सिन्डकेटधारी यातायत व्यवसायीले आजबाट गाडी चलाउने

      - ७ वर्ष अगाडि
      वैशाख २२,२०७५
      काठमाडौं : सरकारले  सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन्।

      सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरु शनिबारबाटै यातायात सञ्चालन गर्ने भएका हुन्। यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् । 

      महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबारबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् कर्माचार्यले  एक विज्ञप्ती निकालेर देशभर गाडीहरु ग्यारेजमा थन्क्याई उत्रिएको आन्दोलनमा साथ दिएको भन्दै यात्रु र सर्वसाधरणलाई पनि धन्यवाद दिइएको छ। 

        सम्बन्धित समाचारहरु