वैशाख १७,२०८३ / ११ : २० पूर्वान्ह / 2026-04-30 11:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      यातायात व्यवसायीकाे हड्ताल , नियम उल्लङघन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

      - ७ वर्ष अगाडि
      वैशाख २१,२०७५
      काठमाडौं: सिन्डिकेटकाे निरन्तरतालाई कायम गर्न माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हड्तालका कार्यक्रम अघि बढाएकाे छ। विहीबार रातिबाट लामाे दुरीका गाडी चलाएका छैनन्। शुक्रबार महासंघमा अावद्व सबै व्यवसायीले हड्ताल गरेर गाडी ग्यारेजमा थन्काउदैछन्। 

      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पूर्वनिधारित कार्यक्रमअनुसार नै आन्दोलनमा जाने तयारी गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले वैशाख २१ गते सबै सार्वजनिक सवारी घर तथा ग्यारेजमा थन्काइने बताए। 'सरकारले एकतर्फी आफ्नो कुरा मात्र लादेको छ, यातायातका निर्देशिका तथा नियामावली संशोधन गर्दा कुनैपनि यातायात व्यवसायीसँग छलफल गरिएन यसको विरुद्धमा हामी अझ कडा आन्दोलनमा जान बाध्य भएका छा‌ैँ' सिटौलाले भने। 

      जनतालाई यी यातायातले दिने छन् साथ महासंघले पूर्वनिर्धारित कार्यक्रमअनुसार आफ्नो मातहतमा रहेका सबै सवारी घर तथा ग्यारेजमा थन्काउने भएपछि सिन्डिकेटको विरोधमा रहेका यातायात कम्पनीले सवारी चलाउन लागेका छन्। आन्दोलनलाई निस्तेज पार्न निजी क्षेत्रबाट स्थापना भएका २१० कम्पनीका ५५ हजारभन्दा बढी सार्वजनिक सवारीले जनतालाई सेवा दिनेछन्। साझाले ३९ र मयुर यतायातले २४ ठूला बस सञ्चालन गर्दैछन्। यस्तै गृहमन्त्रालयले पनि सवारी नियम उल्लङघन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिइसकेको छ।

        सम्बन्धित समाचारहरु