वैशाख १७,२०८३ / ११ : २० पूर्वान्ह / 2026-04-30 11:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

      - ८ वर्ष अगाडि
      वैशाख १५,२०७५
      अछाम,  मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् ।

      असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये १ को उपचार भइरहेको छ भने ६ जना उपचारपछि घर फर्किएका छन् ।

      यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ  बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । 

      यसैबीच असिनापानीले पाकिसकेको गहुँ र  तरकारी खेतीमा ठूलो क्षति पु¥याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिनुभयो । “उहाँले भन्नुभयो; पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो  ।” आधा केजीसम्मको असिना परेपछि तरकारी र गहँुखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताउनुभयो । 


        सम्बन्धित समाचारहरु