वैशाख १७,२०८३ / ०८ : १२ पूर्वान्ह / 2026-04-30 08:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      वर्षाले दश करोडको काँचो इँट्टा नष्ट

      - ८ वर्ष अगाडि
      चैत २६,२०७४
      लुम्बिनी,  चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । 

      लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएका हुन् । झरीका कारणले गलेर इँट्टा नष्ट हुँदा अहिले रु १० करोडभन्दा बढीको व्यवसायीले नोक्सानी बेहोरेका इँट्टा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । 

      अहिलेको झरीले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँट्टा गलेर नोक्सान भएको लुम्बिनी इँट्टा व्यवसायी संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताउनुभयो । रुपन्देहीमा उत्पादन हुने इँट्टा रुपन्देहीका अलावा पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका स्थानमा पुग्ने गरेको छ ।
      मंसिरदेखि वैशाखसम्म इँट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँट्टा गलेर नष्ट भए पनि बजारमा इँट्टाको अभाव हुन नदिन आफूहरु लागिपरेको संघका सचिव अजयकुमार गुप्ताले बताउनुभयो ।


        सम्बन्धित समाचारहरु