फागुन २७,२०८२ / ०७ : १४ पूर्वान्ह / 2026-03-11 07:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      आयोगद्वारा सातवटै प्रदेशमा प्रदेश कार्यालय

      - ७ वर्ष अगाडि
      चैत ९,२०७४

      काठमाडौँ,ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ । यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराउनुभयो ।

       संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश नंं १ को इटहरी, प्रदेश नं बर्दिवास, प्रदेश नं २ को हेटौँडा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल वा कोहलपुर, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भइरहेको छ ।  ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले  संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । उहाँले सर्वेक्षणपश्चात् चाँडै नै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने जानकारी गराउनुभयो । आयोगले २०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d