फागुन २७,२०८२ / ०७ : १४ पूर्वान्ह / 2026-03-11 07:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      ट्रकको ठक्करबाट एकको मृत्यु

      - ७ वर्ष अगाडि
      चैत ९,२०७४

      रत्ननगर, चितवन,  चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

       नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

        बिहीबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो ।

         ठक्कर दिने ट्रकका चालक नियन्त्रणमा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d