फागुन २७,२०८२ / ०७ : १४ पूर्वान्ह / 2026-03-11 07:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      ताप्लेजुङमा फुङलिङको इको भ्यु पोइन्ट होटलमा आगलागी

      - ७ वर्ष अगाडि
      चैत ९,२०७४

      फुङलिङ :  ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ । सदरमुकाम प्रबेशद्वार हेलप्याड नजिकै रहेको होटलमा बिहान करिब पौने ६ बजे आगो लागेको हो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, दमकल र स्थानीयको उपस्थितिमा एक घण्टा पछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

      आगलागीले होटलको माथिल्लो तलामा रहेको रेष्टुरेण्ट र किचन जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहानै बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d