वैशाख २३,२०८३ / ०२ : ०५ अपरान्ह / 2026-05-06 02:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अन्ततः गोपाल पराजुलीले राष्ट्रपतिलाई बुझाए राजीनामा

      - ८ वर्ष अगाडि
      चैत १,२०७४

       काठमाडौं । न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।

      परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए । उनी साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै बालुवाटार पनि पुगेका थिए ।

      तर, बिहीबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पराजुलीले राजीनामा दिएको पुष्टि गरे ।

      राष्ट्रपति कार्यालयले भन्यो- पराजुलीले आज राजीनामा दिनुभयो

      प्रधानन्यायाधीश गोपाल पराजुलीले विहीबार शीतलनिवासमा पुगेर राजीनामा दिएका छन् । लगत्तै राष्ट्रपति कार्यालयले आजका मितिदेखि लागू हुनेगरी पराजुलीले राजीनामा दिएको जनाएको छ ।

      न्यायपरिषदले भने बुधबार नै प्रधानन्यायाधीशलाई पदमा नरहेको लिखित जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई बोधार्थ दिइसकेको थियो ।

      र, न्यायपरिषदले यो पनि भनेको थियो कि पराजुली गत साउन २१ गतेदेखि नै उमेर हदका कारण पदमुक्त भइसकेका छन् ।

      न्यायपरिषद र राष्ट्रपति कार्यालयजस्ता दुईवटा महत्वपूर्ण सरकारी निकायबीचमै पराजुलीको बहिर्गमनको मिति कुन हो भन्नेमा द्विविधा उत्पन्न भएको छ ।

      न्यायपरिषदले पदमुक्त भएको भन्दाभन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पराजुलीबाट सपथ ग्रहण गरेकी थिइन् ।

      आफ्नो सपथग्रहणलाई वैधानिकता दिनकै लागि राष्ट्रपतिले हिजै पदमुक्त भइसकेका व्यक्तिको राजीनामा आजको मितिबाट लागू हुनेगरी बुझेकी हुन् ।

      अन्यथा, गत साउन २१ मै पराजुली ६५ वर्ष पुगिसकेका हुन् भने उनको राजीनामा आज  (चैत १) देखिमात्रै लागु हुने गरी राष्ट्रपति कार्यालयमा दर्ता हुनु हास्यास्पद त छ नै, यसले संविधानको संरक्षक संस्थाको गरिमामाथि पनि प्रश्न उठाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d