चैत ३,२०८२ / ०३ : ०९ अपरान्ह / 2026-03-17 03:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री देउवाद्वारा पदबाट राजीनामा

      - ८ वर्ष अगाडि
      फागुन ०३,२०७४

      प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनु भएको छ । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट राष्ट्रका नाममा सम्बोधन गरे लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालय पुगेर राजीनामा बुझाउनुभएको हो । सम्बोधन गर्नुअघि मन्त्रिपरिषद्को अन्तिम बैठक वालुवाटारमै बसेको थियो । सम्बोधनका क्रममा देउवाले ९ महिने कार्यकाल सफल रहेको दावी गर्नुभयो ।

      स्थानीय तहको तेस्रो चरण, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्नु सरकारको महत्वपूर्ण सफलता भएको बताउँदै देउवाले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका दलहरुलाई निर्वाचनमा सहभागी गराएर संक्रमणकालको अन्त्य गराएको दावी गर्नुभयो । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि परराष्ट्रनीतिमा सन्तुलन कायम गर्न सफल भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्वन्धले थप उचाईं प्राप्त गरेको बताउनुभयो ।

      देउवाले आफ्नो कार्यकालमा आर्थीक बृद्धिदरले गतिलिएको, राजश्व संकलन उत्साहजन रहेको, स्वास्थ्य शिक्षामा भएका विकृति हटाउन सपल भएको लगायत दावी गर्नुभएको थियो । उहाँले जनसरोकारका विषयमा कुनै सम्झैता नगरेको बताउनुभयो । ६५ वर्षमा बृद्धभत्ता दिने, गम्भीर बिरामीका लागि ५ हजार उपलब्ध गराउने, शहीद घोषणा गर्ने लगायत निर्णयलाई समेत प्रधानमन्त्री देउवाले सरकारको उपलब्धिका रुपमा लिनुभएको थियो । प्रतिनिधिसभा निर्वाचनबाट संघीय संसदमा दोस्रो दलमा खुम्चिएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

      निर्वाचन आयोगले सम्पूर्ण निर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको हो । कांग्रेस सभापति देउवा माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d