चैत ३,२०८२ / ०२ : ४९ अपरान्ह / 2026-03-17 02:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

      - ८ वर्ष अगाडि
      Sankhar Pokhrel
      फागुन ०३,२०७४

      पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन्।

      बुधवार प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

      दाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पोखरेल वाम गठवन्धनको तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार बनेका थिए।

      संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख झाले मुख्य मन्त्रीमा पोखरेललाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए।

      भोलि मुख्य मन्त्रीको सपथ ३ बजे राखिएको छ। सपथ पछि मन्त्रिपरिषको बैठक बस्नेछ। त्यस पश्चात पदभारको कार्यक्रम राखिएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d