चैत ३,२०८२ / ०२ : ५० अपरान्ह / 2026-03-17 02:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त

      - ८ वर्ष अगाडि
      Sherdhan Rai
      फागुन ०३,२०७४

      प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन्।

      प्रदेश प्रमुख  गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

      एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए।

      उनले भोलि बिहिबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

      रासस

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d