जेष्ठ १९,२०८३ / ०४ : ०१ अपरान्ह / 2026-06-02 04:01 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुर्योदय डेरी उद्योगका सञ्चालक मनोज यादव सम्मानित

      - १ घण्टा अगाडि
      जेष्ठ १९,२०८३

      विराटनगर, राष्ट्रिय दुग्ध दिवस २०८३ तथा विश्व दूध दिवसको अवसरमा आयोजित मुल समारोहमा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष एवं विराटनगरस्थित सुर्योदय डेरी उद्योगका सञ्चालक मनोज कुमार यादव सम्मानित भएका छन्। उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले सम्मान प्रदान गरेकी हुन्।

      दुग्ध क्षेत्रको विकास, स्वदेशी उत्पादन प्रवर्द्धन, किसानसँगको सहकार्य तथा गुणस्तरीय दुग्धजन्य उत्पादनमार्फत उद्योगलाई अगाडि बढाएको योगदानको कदर गर्दै यादवलाई सम्मान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं कृषि अभियान्ता प्रल्हाद दाहालले बताएका छन् । 

      सुर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्री विराटनगरले  ‘परम’ ब्रान्डका  दूध, दही, घिउ, पनिर, बटरलगायत विभिन्न गुणस्तिरीय दुग्धजन्य उत्पादन देश तथा विदेशका बजारहरुमा उपलब्ध गराउँदै आएको छ। उद्योगले स्थानीय दुग्ध उत्पादक किसानबाट दूध संकलन गरी रोजगारी सिर्जना र दुग्ध व्यवसायको विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

      सम्मान ग्रहणपछि यादवले दुग्ध क्षेत्रको दिगो विकास, किसानको हित र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। दुग्ध क्षेत्रमा पुर्‍याएको योगदानका लागि प्राप्त यो सम्मानले उद्योग र समग्र दुग्ध व्यवसायलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ।

        सम्बन्धित समाचारहरु