चैत २५,२०८२ / ०४ : ५७ अपरान्ह / 2026-04-08 04:57 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुर्योदय डेरी विराटनगरलाई अन्तर्राष्ट्रिय सफलता, उत्कृष्ट निर्यातकर्ताको सम्मान

      - १ दिन अगाडि
      चैत २३,२०८२

      काठमाडौं, निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) द्वारा आयोजित कार्यक्रममा सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री प्रा. लि. लाई उत्कृष्ट निर्यातकर्ताको रूपमा सम्मान गरिएको छ । कार्यक्रममा (FEEN) का अध्यक्ष गोविन्द प्रसाद घिमिरे, पुरस्कार तथा सम्मान समितिका संयोजक किरण कुमार डंगोल तथा प्रमुख अतिथि सांसद गणेश पराजुलीले उक्त अवसरमा पुरस्कार वितरण गरेका थिए ।

      सम्मान प्राप्त पश्च्चात डेरी उद्योगका सञ्चालक तथा नेपाल डेरी  एसोसिएसनका उपाध्यक्ष मनोज यादवले डेरीले विगत दुई वर्षदेखि जापानमा घ्यु निर्यात गर्दै आएको छ भने बङलादेशमा धुलो दुध पनि निर्यात विस्तार गर्ने तयारी भइरहेको बताए । उनले गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रशोधन तथा बजार विस्तारको रणनीतिले नेपाली डेरी उद्योगलाई नयाँ अवसरहरू सिर्जना गरिरहेको बताए । यादवले डेरी उद्योगको सुदृढीकरण र किसान–उद्योग सहकार्यलाई नयाँ उचाइमा पु¥याउर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेरी क्षेत्रमा लामो समयदेखि सक्रिय यादव व्यावसायिक नेतृत्व, व्यवस्थापन क्षमता र उद्योगप्रतिको स्पष्ट दृष्टिकोणका कारण परिचित छन् ।


      /pagegallery/2026040674.jpg


      कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपालबाट दुग्धजन्य उत्पादनको निर्यात विस्तार हुँदै गएको जानकारी दिए । उनले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न निजी क्षेत्रको सक्रियता महत्वपूर्ण रहेको भन्दै सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री प्रा. लि. लाई धन्यवाद प्रदान गरे ।

      यसै सन्दर्भमा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले नेपाल डेरी एसोसिएसनले दुग्धजन्य वस्तुको निर्यात प्रवद्र्धनका लागि श्रीलंका, बङलादेश, भुटान, जापान, थाइल्यान्ड लगायत तेस्रो मुलुकहरूमा बजार विस्तार गर्ने प्रयास तीव्र बनाएको जानकारी दिए । उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्दै निर्यातमुखी उद्योगको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

      /pagegallery/202604065.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d