फागुन २७,२०८२ / ०१ : ५१ पूर्वान्ह / 2026-03-11 01:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश गौचन दोस्रो पटक निर्वाचित

      - ४ दिन अगाडि
      फागुन २२,२०८२

      काठमाडौं, प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ । 

      कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । 

      उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन् । गौचनले विष्टलाई १ हजार ५ सय १ मतान्तरले हराउँदै स्पष्ट जित हात पारेका हुन् । गौचन यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाटै  निर्वाचित भएका थिए । 

      त्यसबेला उनले ३ हजार ९ सय ९६ मत ल्याउँदा एमालेका  प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d