काठमाडौं, काठमाडौं क्षेत्र नं. ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
काठमाडौं ६मा शिशिर खनाल विजयी भए। उनले २७ हजार ९१६ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन्।
त्यस्तै, एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन्। खनाल यसअघि पनि यही क्षेत्रबाट विजयी भएका थिए।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन्। उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए। कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भएका छन्।








