फागुन २७,२०८२ / ०१ : ५२ पूर्वान्ह / 2026-03-11 01:52 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुत्केरी आमाको जित, २२ वर्षमा मेयर लडेकी रञ्जु अब सांसद

      - ४ दिन अगाडि
      फागुन २२,२०८२

      काठमाडौं, नेपालको राजनीतिमा कहिलेकाहीँ यस्ता कथाहरू जन्मिन्छन्, जसले केवल चुनाव जितेको कथा मात्र होइन—साहस, संघर्ष र परिवर्तनको सन्देश पनि दिन्छ । यस्तै एउटा कथा हो रञ्जु दर्शनाको ।

      आज उनी प्रतिनिधिसभा सदस्य बनेकी छन् । तर यो जितको यात्रा भने सहज थिएन । रञ्जुले राजनीति सुरु गर्दा उनको उमेर मात्र १७ वर्ष थियो ।

      २०७० सालमा उनले विवेकशील नेपाली पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरिन् । त्यो समय नेपालमा बन्द, हड्ताल र आन्दोलनले

      साधारण नागरिकको जीवन निकै कठिन बनाएको थियो । यही अन्यायविरुद्ध आवाज उठाउँदै रञ्जु सडकमा उत्रिइन् । उनको सक्रियतामा बन्द बहिष्कार अभियान जस्ता आन्दोलनहरू चलाइए । त्यसपछि २०७२ सालमा नेपालमा विनाशकारी महाभूकम्प आयो । देश संकटमा परेका बेला रञ्जु राहत र पुनस्र्थापनाको काममा सक्रिय भइन् । गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनशन बस्दा पनि

      उनले सहयोगी भूमिकामा साथ दिइन् । यसरी सामाजिक आन्दोलन र सेवामार्फत रञ्जु क्रमशः राजनीतिमा चिनिँदै गइन् । तर सबैभन्दा ठूलो चर्चा भने २०७४ सालको स्थानीय निर्वाचनमा भयो । त्यो बेला रञ्जुको उमेर मात्र २२ वर्ष थियो । तर उनले साहसिक निर्णय लिइन् काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने ।

      त्यो चुनावमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो स्थान हासिल गरिन् । यद्यपि जित्न सकिनन्, तर त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो । समय बित्दै गयो । २०७८ सालमा विवेकशील पार्टीभित्र विवाद चुलियो र रञ्जुले पार्टीबाट राजीनामा दिइन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बनिन् । तर त्यो चुनावमा उनले केवल ६ सय मत मात्रै प्राप्त गरिन् । राजनीतिमा यस्तो हारले धेरैलाई हताश बनाउँछ । तर रञ्जुले हारलाई अन्त्य होइन, नयाँ सुरुवात बनाइन्  ।

      २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् । पार्टीको केन्द्रीय सदस्य बनेकी रञ्जु काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनिन् । र अन्ततः मतदाताले उनको संघर्षलाई जितमा परिणत गरिदिए । बिहीबार भएको निर्वाचनमा रञ्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो भए । राप्रपाका रवीन्द्र मिश्र

      ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे । तर यो जित केवल मतको संख्या होइन । यो साहस, धैर्य र निरन्तर संघर्षको जित हो । रञ्जुले आफ्नो चुनावी अभियानमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने वाचा गरेकी छन् । सीप र उद्यमबाट समृद्धि । युवालाई रोजगारी, साना उद्यम प्रवद्र्धन र सीप विकास कार्यक्रममार्फत देशलाई समृद्ध बनाउने उनको लक्ष्य छ । महिला सशक्तिकरण पनि उनको प्राथमिकतामा परेको विषय हो ।

      नेपालको इतिहासमा प्रधानन्यायाधीश सुशीला कार्की जसरी साहसिक नेतृत्वको प्रतीक बनिन्, त्यसैगरी नयाँ पुस्ताको राजनीतिमा रञ्जु दर्शनाको यात्रा पनि महिलाको क्षमताको प्रमाण बनेको छ । आज उनको जितले एउटा सन्देश दिएको छ— नारीलाई कहिल्यै कम आँक्नु हुँदैन । किनकि जब सपना ठूलो हुन्छ, संघर्ष गहिरो हुन्छ— त्यो बेला इतिहास पनि नयाँ लेखिन्छ । मातृत्वलाई जोखिम मोल्दै संसदको यात्रा तय गरेकी रञ्जु दर्शनाालाई संसदमा अझ बुलन्द आवाज उठाउने अपेक्षा सहित हार्दिक बधाई । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d