फागुन १३,२०८२ / ०४ : १२ पूर्वान्ह / 2026-02-25 04:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा

      - २ दिन अगाडि
      फागुन १०,२०८२

      विराटनगर, नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने विश्वास विज्ञहरूले गरेकाछन्। 

      फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको ू गरिबी निवारणमा सि जिनपिङको सोचू विषयक अन्तरकृयामा विज्ञहरु डा अग्नि काफ्ले, डा। कुशुम शाक्य, डा। विष्णुहरि नेपाल, डा। ग‍ोविन्दमानसिंह कार्की, संस्थाका अध्यक्ष शोभित उप्रेती लगायतले चर्चा गरेकाहुन् । 

      कार्यक्रममा बोल्दै डा। काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायिक शिक्षामा जोड दिए । चीनले आधुनिक शिक्षासँगै सीपमूलक र व्यवसायिक शिक्षामार्फत आर्थिक फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि प्राविधिकसहितको शिक्षामा जोड दिनुपर्ने धारणा राखे । 

      यस्तो शिक्षाबाट विदेशमा पनि दक्ष कामदार पठाउन सकिने र रेमिट्यान्स पनि सोही अनुसार प्राप्त हुने उनले बताए ।

      ./pagegallery/2026022254.jpg

      अर्थशास्त्री एवम जनसंख्याविद् डा। कुशुम शाक्यले सि चिनिपिङले प्रस्तुत गरेको १० वुँदे मार्गचित्रमाथि प्रकाश पार्दै पूर्वाधार र यातायातको विकासमा जोड दिइन्। 

      बलियो पूर्वाधार र यातायात सेवा बिना उत्पादन, बजार पहुँच र प्राकृतिक श्रोत साधनको उपयोग सम्भव नभएकाले चीनको  स्थितिबाट नेपालले सिक्नुपर्ने धारणा राखिन्। 

      डा। शाक्यले गरिबी निवारणमा स्थानीय सरकारको भूमिका नै अन्तिम हुने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् । 

      जापानका लागि नेपालका पूर्व राजदूत डा। विष्णुहरि नेपाल, इतिहासविद् डा। गोविन्दमानसिंह कार्की र संस्थाका अध्यक्ष उप्रेतीले नेपालको अस्थिर राजनीति, भ्रष्टाचार, युवाहरुको पलायन, बेरोजगारी, उद्योगी व्यवसायीको निराशा लगायतका विषय तत्काल सम्बोधन गरि चीनिया मोडलबाट गरिबी निवारण गर्न सकिने बताएका थिए ।

        सम्बन्धित समाचारहरु