चैत १७,२०८२ / ०६ : ४८ अपरान्ह / 2026-03-31 06:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मोबाइल समात्ने हात अब भविष्य बनाउने औजार बन्दै

      - ३ हप्ता अगाडि
      माघ १९,२०८२

      काठमाडौं, रील हेर्ने युवापुस्तालाई अब रील बनाउनै विद्यालयबाट सिकाइने भएको छ । डिजिटल सपनालाई करियरमा बदल्ने लक्ष्यसहित भारत सरकारले शिक्षा प्रणालीमै कन्टेन्ट क्रिएसनको नयाँ अध्याय सुरु गर्न लागेको छ । 

      भारतको केन्द्र सरकारले युवालाई डिजिटल संसारका लागि तयार पार्ने उद्देश्यले १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा ‘कन्टेन्ट क्रिएटर ल्याब’ स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०२६ को बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीथारमण ले यो महत्वाकांक्षी योजना सार्वजनिक गरेकी हुन् । 

      मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजी को सहकार्यमा सञ्चालन हुने यी ल्याबहरूमा विद्यार्थीले अब किताबसँगै क्यामेरा, एडिटिङ सफ्टवेयर र क्रिएटिभ सोच पनि सिक्नेछन् । सो क्षेत्रमा सन् २०३० सम्म २० लाख युवालाई दक्ष बनाउने स्पष्ट लक्ष्य लिएको छ । 

      यसले डिजिटल उद्योगमा भारतको विश्वव्यापी उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । बजेटमा पढाइसँगै कम्पनीमा काम गर्ने अवसर दिने गरी पाँच नयाँ इन्टर्नसिप कार्यक्रम सुरु गरिने उल्लेख छ । साथै, गेमिङ स्टार्टअपलाई प्रोत्साहन गर्न १० हजार करोड रुपैयाँको कोष स्थापना गरिनेछ, जसबाट १० लाखभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । 

      सरकारले एआई र डीप–टेक केन्द्रित १० हजार नयाँ फेलोसिप सुरु गर्ने योजना पनि अघि सारेको छ । यसका साथै, देशका २० प्रमुख पर्यटकीय स्थलमा १२ हप्ताको हाइब्रिड तालिम मार्फत १० हजार टुरिस्ट गाइडलाई सीपयुक्त बनाइनेछ । यो योजनासँगै भारतमा रील बनाउने सीप अब खाली ट्रेन्ड होइन, भविष्यको करियर बन्ने संकेत देखिएको छ ।


        सम्बन्धित समाचारहरु