चैत १७,२०८२ / ०६ : ४९ अपरान्ह / 2026-03-31 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात–वर्षाको सम्भावना

      - २ महिना अगाडि
      माघ ११,२०८२

      काठमाडौँ । देशमा हाल न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

      मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने छ भने देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

      विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै अन्य उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने सम्भावना रहेको छ।

      यसैबीच, पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने अनुमान गरिएको छ।

      त्यसैगरी आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

      रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेको जनाइएको छ।

        सम्बन्धित समाचारहरु