काठमाडौं, नेपाल डेरी एशोसिएसनको उपाध्यक्ष पदमा मनोज कुमार यादव निर्वाचित भएका छन् । हालै सम्पन्न नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारणसभा एवं स्थापना दिवस तथा ९औँ राष्ट्रिय महाधिवेशनले प्रल्हाद दाहाललाई अध्यक्षमा दोहोर्याउँदै नयाँ समिति सर्वसम्मत रुपम निर्वाचित गरेको हो ।
डेरी उद्योगको व्यावसायिक विकास, किसानमैत्री नीति निर्माण तथा दुग्ध उत्पादन क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने एजेन्डासहित मैदानमा उत्रिएका मनोज यादवले सदस्यहरूको विश्वास जित्दै नेतृत्व तहमा स्थान बनाउन सफल भएका छन् । उनको आगमनलार्ई डेरी उद्योगमा नयाँ सोच, ऊर्जाशील नेतृत्व र व्यावहारिक अनुभवको प्रवेशका रूपमा हेरिएको छ ।

उपाध्यक्षमा निर्वाचित भएपछि यादवले डेरी उद्योगको सुदृढीकरण र किसान–उद्योग सहकार्यलाई नयाँ उचाइमा पु¥याउर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेरी क्षेत्रमा लामो समयदेखि सक्रिय यादव व्यावसायिक नेतृत्व, व्यवस्थापन क्षमता र उद्योगप्रतिको स्पष्ट दृष्टिकोणका कारण परिचित रहँदै आएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षमा मनोजकुमार यादवसहित योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल चयन भएका छन् । यस्तै महासचिव हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा शिवलाल भुषाल, उप महासचिवमा विजयप्रसाद चौरासिया, सह सचिवमा रमेश सञ्जेल र सह कोषाध्यक्षमा आशिषकुमार बुढाथोकी चुनिएका छन् ।
केन्द्रीय सदस्यहरुमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त चयन भएका छन् ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।








