माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      डेरी एसोसिएसनको २७औं साधारण सभा माघ ६ र ७ मा, नयाँ कार्यसमिति चयन हुने

      - २ हप्ता अगाडि
      माघ ४,२०८२

      काठमाडौं, नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा आत्मनिर्भरता हासिल हुने चरणमा पुगेको भन्दै स्वदेशी दुग्ध उद्योग संरक्षणका लागि भ्याट पूर्ण छुट, नीतिगत सुधार र सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

      २७औं वार्षिक साधारण सभा, स्थापना दिवस तथा ९औं राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले दुग्ध क्षेत्र किसान, उद्योगी र उपभोक्तासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय महत्वको क्षेत्र भएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए । उनले साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने बताए ।

      एसोसिएसनका अनुसार माघ ६ र ७ गते हुने महाधिवेशनले दुग्ध क्षेत्रका समस्या, चुनौती, सम्भावना र भावी दिशाबारे गहन छलफल र निर्णय गर्नेछ । हाल एसोसिएसन ७ प्रदेश, २७ जिल्लामा फैलिएको राष्ट्रिय संगठनका रूपमा स्थापित भइसकेको छ । 

      पत्रकार सम्मेलनमा प्रस्तुत पाँच एजेन्डामाथि साधारण सभामा दुग्ध उद्योगको हकहितका लागि छलफल गरिने सुर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रीज प्रा.लि.का सञ्चालक तथा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य मनोज कुमार यादवले बताएका छन् । उनले  उच्च उत्पादन लागत, सस्तो आयात र सीमावर्ती चोरीपैठारीका कारण स्वदेशी उद्योग संकटमा परेकाले दुग्ध पदार्थमा भ्याट हटाउनुपर्ने तथा उद्योग मर्जरमार्फत अत्याधुनिक उद्योग स्थापना गर्न सहकारी नीतिमा राज्यको ध्यान जानुपर्ने माग गरिएको बताए । 

      /pagegallery/2026011823.jpg

      त्यस्तै, जथाभावी अनुदान वितरणले क्षेत्र कमजोर बनेको भन्दै सञ्चालनमा रहेका उद्योग र कृषकको स्तर उन्नतिमा लक्षित अनुदान आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, सहुलियत कर्जा सही ठाउँमा प्रवाह गरी कडाइका साथ अनुगमन गर्नुपर्ने र यसको सीमा १० करोड रुपैयाँसम्म पु¥याउनुपर्ने माग गरिएको छ ।

      हाल दुग्ध क्षेत्रमा करिब ६० अर्ब निजी लगानी, ७ लाख कृषक परिवारको संलग्नता, ४० हजार रोजगारी र जीडीपीमा ९ प्रतिशत योगदान रहेको उल्लेख गर्दै एसोसिएसनले वैदेशिक लगानी आवश्यक नरहेको स्पष्ट पारेको छ। वैदेशिक पूँजीभन्दा आधुनिक प्रविधिसहित स्वदेशी उद्योगलाई राज्यको पूर्ण सहयोग आवश्यक रहेकोमा जोड दिइएको छ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d