माघ १,२०८२ / १० : ०८ पूर्वान्ह / 2026-01-15 10:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      महिला उद्यमी संघ मोरङको ९औँ वार्षिक साधारण सभा सम्पन्न

      - २ दिन अगाडि
      पौष २८,२०८२

      मोरङ, महिला उद्यमी संघ मोरङको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा मोरङका महिला उद्यमीहरूको उद्यमिक यात्राको समीक्षा गर्दै हालसम्म हासिल गरेका उपलब्धिहरू साझा गरियो भने संस्थामा उल्लेखनीय योगदान पु¥याएका उद्यमीहरूलाई सम्मान गरिएको छ ।

      सभामा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम तथा कार्ययोजनाबारे छलफल गरिएको थियो । सदस्यहरूको सक्रिय सहभागितासहित सम्पन्न उक्त कार्यक्रममा एकता, नेतृत्व र महिला उद्यमशीलतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

      कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले महिला उद्यमशीलता क्षेत्रलाई थप सशक्त बनाउनु आजको आवश्यकता भएको उल्लेख गरिन् । उनले महिलाहरूलाई उद्यममा सक्रिय, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन संघ निरन्तर क्रियाशील रहने बताइन् । सो अवसरमा उद्यम क्षेत्रमा सक्रिय र प्रेरणादायी महिला उद्यमीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

      /pagegallery/2026011214.jpg

      महिला उद्यमी संघ मोरङले उद्यमीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने तथा नयाँ स्टार्टअपलाई हौसला दिने उद्देश्यसहित विभिन्न तालिम, सहजीकरण तथा प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । साथै महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यले विराटनगरमा ग्ग्यालरी संञचालनमा ल्याएको छ भने समय–समयमा मेला तथा प्रदर्शनीसमेत आयोजना गर्दै आएको छ ।

      /pagegallery/2026011235.jpg

      यसैबीच, महिला उद्यमी संघ मोरङको २२औँ वार्षिक साधारण सभाको अवसरमा विन मोरङ च्याप्टरले ७७ जिल्ला च्याप्टरमध्ये प्रथम स्थान हासिल गर्दै उत्कृष्ट जिल्ला च्याप्टरको रूपमा सम्मान प्राप्त गर्न सफल भएको थियो । यस उपलब्धिले मोरङ जिल्लामा महिला उद्यमशीलतामा नयाँ ऊर्जा र प्रेरणा थपेको छ भने अन्य जिल्ला च्याप्टरहरूका लागि पनि प्रेरणाको स्रोत बनेको आयोजकले बताएका छन् ।

      कार्यक्रमको समापनसँगै सहभागीहरूले महिला उद्यमशीलताको विकासका लागि सहकार्य, नवप्रवर्तन र निरन्तर सक्रियताको आवश्यकता औंल्याउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

      /pagegallery/202601124.jpg


        सम्बन्धित समाचारहरु