जेष्ठ १,२०८३ / ०४ : ३६ पूर्वान्ह / 2026-05-15 04:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      खजुरीको ‘पफ’ फिर्ता लिन निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च भेटियो

      - ५ महिना अगाडि
      मंसिर २१,२०८२

      काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

      विभागले पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो ।

      खजुरीको उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको विभागको ठहर छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था छ ।

      विभागले ललितपुर गोदावरी–१० स्थित उद्योगबाट उत्पादित पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।

        सम्बन्धित समाचारहरु