जेष्ठ १,२०८३ / ०३ : ५२ पूर्वान्ह / 2026-05-15 03:52 am
      • param ad
      • furniture
      • veera Incorporation

      भदौ २३ अब ‘जेन–जी शहीद दिवस’

      - एक हप्ता अगाडि
      मंसिर १६,२०८२

      काठमाडौं, हालै नेपालमा भएको जेन–जी आन्दोलन सडकमा उत्रिएको युवा पुस्ताको रोष मात्र थिएन, यो न्याय, अवसर र समानताको माग गर्ने पुस्ताको आवाज थियो । यही आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई सम्झिंदै सरकारले अब हरेक वर्ष भदौ २३ लाई ‘जेन–जी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ ।

       सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएमा हुन् ।

      यस्तै, सो आन्दोलनमा शहीद भएका व्यक्तिहरूका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी–छोरालाई गृहमन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

      यसअघि नै सरकारले जेन–जी आन्दोलनका क्रममा जीवन गुमाएका ४५ जनालाई शहीद घोषणा गरिसकेको छ ।

      यिनै युवाहरूका नाममा घोषित ‘जेन–जी शहीद दिवस’ धेरैका लागि मात्र एक वार्षिक दिन होइन, उनीहरूले सडकमा देखाएका साहस, माग र बलिदानप्रति राज्यको औपचारिक सम्मान हो । आन्दोलनका तस्विरहरू, परिवारका अपूरो आवाज, र युवापुस्ताको अपूर्ण आशाहरूलाई सम्झाउने दिन बनेको छ भदौ २३ ।

        सम्बन्धित समाचारहरु