जेष्ठ १,२०८३ / ०४ : ३३ पूर्वान्ह / 2026-05-15 04:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      जेनजीका नाममा तोडफोड–आगजनीः पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ

      - एक हप्ता अगाडि
      मंसिर १५,२०८२

      विराटनगर, भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको ५ जना लाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री एवं नेकपा माओवादीका नेता अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पनि पक्राउ परेका छन् ।

      अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका हुन् । उनीहरू माथि मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ ।

      अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । घटनास्थलका सार्वजनिक भिडियोमा आगजनी गर्दा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।

      उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

      यसअघि प्रहरीले मोरङका विभिन्न स्थानबाट २३ जनालाई पक्राउ गरेको थियो ।

        सम्बन्धित समाचारहरु