जेष्ठ १,२०८३ / ०४ : १५ पूर्वान्ह / 2026-05-15 04:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      सिमरा घटनामा ओलीको टिप्पणी हटाउन प्रेस काउन्सिलको हस्तक्षेप

      - २ हप्ता अगाडि
      मंसिर ११,२०८२

      काठमाडौं, प्रेस काउन्सिलले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिमरा घटनाबारे टिप्पणी गरेको एउटा भिडिओ हटाउन फेसबुक पेजहरुलाई निर्देशन दिएको छ । ‘मेरो न्युज डटकम’ लगायतका पेजहरूलाई काउन्सिलले पत्र पठाएर उक्त भिडिओ सम्पादन गर्न वा स्थगन गर्न भनेको छ ।

      काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले ओलीको अभिव्यक्तिबाट सानो अंश काटेर उत्तेजना फैलाउन खोजिएकाले यस्तो निर्णय गरिएको बताए । उनले पूरै भिडिओ हाल्नेहरूलाई केहि नभनेको तर, उत्तेजक अभिव्यक्तिको अंशमात्र काटेर रिल्समा हाल्नेहरूलाई हटाउन निर्देशन दिईएको भनेका छन् ।

      पत्रमा ओलीको अभिव्यक्तिको कुन अंशलाई उत्तेजक भनिएको भन्ने उल्लेख गरिएको छैन । तर, बुझिएअनुसार ओलीले ‘एमालेमाथि हमला हुन्छ भनेर एमालेले फनक्क फर्केर जवाफ दिन्छ’ भनेकोलाई काउन्सिलले उत्तेजक ठह¥याएको हो ।

      काउन्सिलको यो पत्रलाई पत्रकारहरूको संगठन प्रेस चौतारीले आपत्ति जनाएको छ । यो पत्रलाई प्रेस स्वतन्त्रमाथिको आक्रमण भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सच्याउन आग्रह गरेका छन् ।

      ./pagegallery/2025112723.jpg

        सम्बन्धित समाचारहरु