जेष्ठ १,२०८३ / ०४ : २९ पूर्वान्ह / 2026-05-15 04:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      १६ दिने लैङ्गिक हिंसा विरोधी अभियान आजबाट सुरु

      - २ हप्ता अगाडि
      मंसिर ९,२०८२

      काठमाडाैं, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा शुरू भएको छ । नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस को अवसर पारेर हरेक वर्ष मनाइने यो अभियान यस वर्ष पनि मनाइँदैछ । 

      यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौःँ लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको छ ।

      अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना फैलाउने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।

      संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो ।

      महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहका सरकार, विद्यालय, संघ–संस्था र सरोकारवालाहरुलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

        सम्बन्धित समाचारहरु