जेष्ठ १,२०८३ / ०५ : ०० पूर्वान्ह / 2026-05-15 05:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा ‘जेन जि’ आन्दोलन दमनबारे ह्युमन राइट्स वाचको कडा आरोप

      - २ हप्ता अगाडि
      मंसिर ७,२०८२

      काठमाडौं, नेपालमा हालै भएको ‘जेन जि’ आन्दोलनको क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ ।

      रिपोर्टमा दुई दिनसम्म चलेको हिंसात्मक झडपमा कम्तीमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते र व्यापक निजी तथा सरकारी सम्पत्ति नष्ट भएको तथ्य लेखिएको छ । सो संस्थाले सरकार र सुरक्षानियन्त्रण निकायको भूमिका बारे छानबिन गर्न पनि आग्रह गरेको छ ।

      ह्युमन राइट वाचका अनुसार प्रदर्शन दबाउन प्रहरीले रबर बुलेट, वास्तविक गोली, अश्रुग्यास, र अत्यधिक बल प्रयोग गरेको दृश्यहरू अहिले पनि सामाजिक सञ्जालमा उपलब्ध छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा सुरक्षाकर्मीहरूले कानुनी रूपमा आवश्यकभन्दा धेरै बल प्रयोग गरेका र केही घटनामा घाइते प्रदर्शनकारीहरूलाई समेत कुटपिट गरिएको भनिएको छ । धेरै क्षेत्रमा निहत्था युवामाथि नजिकबाट गोली हानिएको, मेडिकल टोलीलाई अवरोध गरिएको र घाइतेहरुलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढाएको थियो ।

      भदौ २४ को घटनाबारे अलग ढंगले अध्ययन हुनुपर्ने भन्दै सो संस्थाले त्यसदिन सुरक्षा निकायले त्यस्ता समूहलाई छुट दिएको जनाएको छ ।

        सम्बन्धित समाचारहरु