काठमाडौँ, जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको होटलका महाप्रबन्धक आशीष कुमारले जनाएका छन् ।
साथै मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन उनले निर्देशन दिएका छन् । उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण ९१३३० श्रमिक कटौती गरिएको बताए ।
उनले भदौ २३ र २४ गतेको आन्दोलनक्रममा होटलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटल पूर्णरुपमा बन्द भएको बताएका छन् । आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्णरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत नरहेका कारण यस्तो निण्र्नय लिएको जनाएका छन् ।








