मंसिर २१,२०८२ / ०९ : १९ पूर्वान्ह / 2025-12-07 09:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

      - ३ हप्ता अगाडि
      कार्तिक २१,२०८२

      काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।

      सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।  दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिएका छन् ।

      बैठकमा केन्द्रीय समिति सहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिकारुपमा सहभागी हुँदै छन्। विस्तारित बैठकमा सहभागीताका लागि पार्टीले १५ सय रुपैयाँ शुल्क तोकेको छ। तर त्यसभन्दा अघि पार्टीका केन्द्रीय सदस्य, विभागका पदाधिकारी तथा सदस्यहरूले अनिवार्य लेबी तिरेको हुनुपर्ने रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्। 

       रास्वपाले केन्द्रीय सदस्यका लागि वार्षिक २५ हजार रुपैयाँ र विभागका सदस्यहरूका लागि १५ हजार रुपैयाँ तोकेको छ। तर कोषाध्यक्ष अधिकारीका अनुसार पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागका सदस्यहरूले हरेक आर्थिक वर्ष सुरु भएको २ महिनाभित्र अर्थात् असोज महिना भित्र लेबी तिरिसक्नु पर्ने हो।


        सम्बन्धित समाचारहरु