काठमाण्डौ, विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपाली म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।
म्यानमारमा रहेका थप ११ जना नेपालीको चाँडै उद्धारका लागि पहल भइरहेको दूतावासले जनाएको छ। । म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट दुई हप्ताको अवधिमा ३८ जना नेपालीहरू समेत गरी विभिन्न २० देशका दुई हजारभन्दा धेरै विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए ।
ती ३८ जना नेपालीलाई पनि नेपाल फर्काउन थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।








