मंसिर २१,२०८२ / ०९ : १९ पूर्वान्ह / 2025-12-07 09:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु, २ जना गम्भीर घाइते

      - १ महिना अगाडि
      कार्तिक १६,२०८२

      काठमाडौं, धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित ४ जनाको मृत्यु भएको छ भने अन्य २ जना बालबालिका गम्भीर घाइते भएका छन् ।

      विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

      पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।


        सम्बन्धित समाचारहरु