मंसिर २२,२०८२ / ०३ : ०२ पूर्वान्ह / 2025-12-08 03:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्डको घरबाट पैसा सारिएको हल्ला प्रमाणित गर्न चुनौती

      - ३ हप्ता अगाडि
      असोज २६,२०८२

      काठमाडौं, जेन–जी समूहहरुको आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अर्को स्थान सारिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ । साथै सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि असत्यत भएको जनाएको छ ।

      प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा सञ्चारमाध्यमहरूलाई प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने जस्ता दाबीको सत्यता प्रमाणित गर्न चुनौती गरिएको छ ।

      अर्को तर्फ भने आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा लोड गरेर रकम अर्कै तिर लगिएको भनि दाबी गरेका छन् ।

      त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ ।

        सम्बन्धित समाचारहरु